सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा क्याम्पस व्यवस्थापन समिति गठनबारे विवाद हुँदा झडप

२०७८ साउन १६, ०९:२६ खबर संवाददाता

धनगढी : धनगढी- १८ स्थित फूलबारी बहुमुखी क्याम्पस व्यवस्थापन समिति गठनका विषयमा विवाद हुँदा झडप भएको छ।

क्याम्पसका निवर्तमान अध्यक्ष भुवन रिजाल र नेकपा एमाले अनेरास्ववियूका केन्द्रीय सदस्य नेत्र मैनालीको समूहबीच झडप भएको हो। रिजाल पनि एमालेमा आवद्ध छ्न्। साउन ३ गते भएको बैठकमा सहमतिका आधारमा व्यवस्थापन समिति गठन गर्ने सहमती भएको थियो।

सोही सहमतिअनुसार नेकपा एमाले भित्र आन्तरिक छलफल हुँदै गर्दा झडप भएको हो। छलफलमा सहभागी मैनालीले क्याम्पसका निवर्तमान अध्यक्ष रिजालले आफूलाई हातपात गरेको बताए। यता रिजालले भने औला उठाएर कुरा नगर्न आग्रह मात्रै गरेको बताए। मैनालीलाई हातपात गरेको भन्दै आक्रोसित युवाहरुले रिजालले सार्वजनीक रुपमै माफी माग्नु पर्ने भन्दै क्याम्पसको प्रशासनिक भवनमा प्रवेश गरेपछि झडपको अबस्था सिर्जना भएको हो।

सोही क्रममा रिजालको निधारमा चोट लागेको छ। यस्तै बहुलिया सीमा प्रहरी चौकीका इन्चार्ज बासुदेव अबस्थीलाई सामान्य चोटपटक समेत लागेको छ। क्याम्पस व्यवस्थापन समितिको अध्यक्षको लागि नेकपा एमालेबाट कृष्ण पाण्डे र नेत्र मैनालीको चर्चा थियो।

कमेन्ट लोड गर्नुस