सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा शनिबार ४८ जनामा देखियो कोरोना, ५४ संक्रमणुमक्त

२०७८ साउन १६, ०६:०२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा शनिबार थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भने, ५४  जना  निको भएर घर फर्किएका छन्।

प्रदेशमा ७ सय १९ जनाको नमुना परीक्षण गर्दा ४८ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालमा २ सय २९  नमुना परीक्षण गर्दा ३५ जना र बैतडी अस्पतालमा  १९ जनाको नमुना परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। 

यस्तै प्रदेशभर ५७१  जनाको एन्टिजेन बिधिबाट नमूना परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयल जनाएको छ। शनिबार सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस