सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय किशोर सञ्जालको कार्यसमिति गठन, कैलालीका जोशी अध्यक्ष

२०७८ साउन १६, ०५:३७ खबर संवाददाता

धनगढीः सीआरसी एसियाको सहयोग तथा सिविन नेपालको आयोजनामा राष्ट्रिय किशोर सञ्जाल गठन भएको छ।

समितिको अध्यक्षमा सुदूरपश्चिम प्रदेशका विजयराज जोशी चयन भएका छन्। यस्तै गण्डकी प्रदेशका बिन्देश सुबेदी उपाध्यक्ष, एक नम्बर प्रदेशका विशाल कटुवाल सचिव, कर्णाली प्रदेशका बिनोद अधिकारी उपसचिव र लुम्बिनी प्रदेशका विजय श्रेष्ठ कोषाध्यक्षमा चयन भएका छन्।

सातै प्रदेशका ७७ जिल्लाका किशोरहरुको राष्ट्रिय भेलाले सञ्जालको २१ सदस्यीय कार्यसदस्य समेत चयन गरेको छ। हरेक प्रदेशबाट ३÷३ जना गरी २१ सदस्यलाई भेलाका सहभागी किशोरहरुले प्रजातान्त्रिक पद्दतिबाट चयन गरेका हुन्।

कमेन्ट लोड गर्नुस