सुदूर नेपाललाई विश्वसँग जोड्दै

नक्कली परीक्षार्थी पक्राउ

२०७८ साउन १६, ०५:३३ रासस

कर्णालीः जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी जवान पदको परीक्षा दिने र दिन लगाउने दुवैलाई पक्राउ गरेको छ। गत फागुन ११ गते लोकसेवा आयोगको कार्यालय सुर्खेतले लिएको परीक्षामा रु एक लाख दिएर परीक्षा दिलाउने भगवतीमाई गाउँपालिका–२ बेस्तडा दैलेखका २२ वर्षीय रोशन शाही र पैसा लिएर परीक्षा दिने सोही गाउँका २३ वर्षीय लोबन शाहीलाई प्रहरीले पक्राउ गरेको हो। 

यही साउन १४ गते प्रदेश प्रहरी तालिम केन्द्रमा सञ्चालन भएको अन्तरर्वार्ता परीक्षामा सहभागी हुन आएका दर्ता नं ४९१७१ का उम्मेदवार रोशन शाहीले अन्तरवार्ता दिने क्रममा शङ्कास्पद कुरा गरेको र लेख्न लगाउँदा लेख्नसमेत नजान्दा सोधपुछको गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए। 

सो क्रममा उनीले रु एक लाख दिएर आफ्नै गाउँका लोबनलाई लेख्न लगाएर आफू पास भएको रहस्य खुलाएको उनले बताए। नायब उपरीक्षक घर्तीका अनुसार पक्राउ परेको दुवैमाथि  आवश्यक अनुसन्धान भइरहेको छ।

प्रहरीले ५१ क्युफिट अवैधको सिसौको काठसहित सुर्खेतबाट दुई व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  भेरीगङ्गा नगरपालिका– २ सुर्खेतका २६ वर्षीय तीर्थबहादुर सिञ्जाली मगर र सहचालक भगवतीमाई गाउँपालिका दैलेखका १८ वर्षीय गणेश अधिकारी छन्।  वीरेन्द्रनगर नगरपालिका– २ सुर्खेत भुरेली सडक खण्डस्थित भे१त ५११५ नम्बरको ट्रयाक्टरमा ५१ फिट सिसौको काठ ओसारपसार गर्दै गरेका अवस्थामा पक्राउ गरी काठसहितको ट्रयाक्टर जिल्ला वन कार्यालय वीरेन्द्रनगरमा पठाईएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस