सुदूर नेपाललाई विश्वसँग जोड्दै

सङ्कट व्यवस्थापन केन्द्र स्थापना

२०७८ साउन १६, ०५:२४ रासस

रसुवाः हिंसामा परेका महिलालाई संरक्षण एवं उपचार सेवा प्रदान गर्न जिल्ला अस्पतालले पहिलोपटक सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरेको छ । श्रीमान्ले घरबाट निकाला गरेका, बलात्कारमा परेका र अन्य घटनाबाट ग्रसित भएका महिलालाई अस्पतालले उपचार, खानपिन, बसोबास एवं मनोपरामर्श सेवासमेतका कार्य एकीकृतरूपमा अगाडि बढाएको हो ।  
         
जिल्लाभित्र पर्नसक्ने घटनाको तत्काल समाधान गर्न अस्पतालले पहिलो पटक सञ्चालनमा ल्याएको व्यवस्थापन केन्द्र जिल्लावासीका लागि हितकारी हुने आशा जगाएको छ। एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना भएलगत्तै १२ हिंसापीडित महिलाले यस्ता सुविधा प्राप्त गरिसकेको बताइएको छ। उपचार सेवामा कार्यरत डा कौसिक सापकोटाका अनुसार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा पीडित महिलालाई राखी २४सै घण्टा उपचार सेवा प्रदान गरी कम्तीमा १० दिन अस्पताल हातामै राखिने छ।
            
बलात्कार, यौनजन्य दुव्र्यवहारका साथै बालविवाह एवं जबर्जस्ती विवाह भएका, मानसिक तथा परम्पराको रूढीबादीका आधारमा दुव्र्यवहार भएका महिलालाई समेत उक्त सुविधा प्रदान गरिएको छ। त्यस्ता घटनामा परेका सबैलाई खाने बस्नेका साथै स्वास्थ्य परीक्षण, विधि विज्ञान तथा चिकित्साजन्य कानूनी परीक्षण, घाउचोटको उपचार, मानसिक तनाव कम गराउने मनोसामाजिक परामर्श जस्ता विविध सेवा उपलब्ध गराइएको अस्पतालले जनाएको छ।

कमेन्ट लोड गर्नुस