सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीका ८२० जना व्यापारीले पाए कोरोनाविरुद्धको खोप

फोटो: अत्तरिया अनलाइन
फोटो: अत्तरिया अनलाइन
२०७८ साउन १६, ०४:३४ खबर संवाददाता

धनगढी: कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया उद्योग वाणिज्य संघले नगरक्षेत्रका व्यापारीहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध गराएको छ। संघमा आवद्ध तथा नगक्षेत्रमा व्यापार व्यवसाय गरिरहेका ८ सय २० जनालाई खोप लगाइएको संघका अध्यक्ष अशोकराज देवकोटाले बताए। 

संघमा दर्ता भएका पसलहरुबाट प्रति पसल २ जनाको हिसाबले ८२० जनलाई शनिबार कार्यालयमै भेरोसेल खोप लगाइएको उनले बताए। 

अत्तरिया उद्योग वाणिज्य संघले कैलालीका प्रमुख जिल्ला अधिकारीसँग खोपका लागि आग्रह गरेकोमा स्वास्थ्य कार्यालयले खोप उपलब्ध गराएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए।

यहि साउन १३ गतेबाट कैलालीमा  खोप अभियान सञ्चालन भएको छ। सरकारले वर्षदेखि माथिका नागरिक, शिक्षक–कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सह–चालक, अति अत्यावश्यक सेवाका कर्मचारी र खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई लगाइने भनेर मापदण्ड बनाएको थियो। 

कमेन्ट लोड गर्नुस