सुदूर नेपाललाई विश्वसँग जोड्दै

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

२०७८ साउन १६, ०३:३५ खबर संवाददाता

काठमाडौं : जनता समाजवादी पार्टी जसपा नेपालको संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव चयन भएका छन्। 

संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको संसदीय दलको बैठकले यादवलाई सर्वसम्मत नेता चयन गरेको सांसद मोहम्मद इस्तियाक राईले जानकारी दिए।यादवको प्रस्तावकमा संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई र समर्थकमा महेन्द्र राय यादव रहेका थिए।

यादव एक्लैको उम्मेदवारी परेपछि उनी सर्वसम्मत दलको नेता चयन भएका हुन्। निर्वाचन आयोगले आधिकारिकता दिएपछि जसपाले संसदीय दलको नेता चयन गरेको हो । 

यसअघि महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो।

कमेन्ट लोड गर्नुस