सुदूर नेपाललाई विश्वसँग जोड्दै

बदनाम गरेको भन्दै शिल्पाले दर्ता गराइन् २९ संस्थामाथि मुद्दा, २५ करोड माग

२०७८ साउन १६, ०३:३२ खबर संवाददाता

धनगढीः बलिउड नायिका शिल्पा सेट्टीले विभिन्न २९ संस्थामाथि मानहानीको मुद्दा दायर गरेकी छिन्। उनले, ती संस्थाहरुमाथि २५ करोड रुपैयाँको मानहानीको मुद्दा दर्ता गराएकी हुन्। सफ्ट पोर्न केसमा शिल्पाका पति राज कुन्द्रा पक्राउ परेका छन्। यसपछि, शिल्पाको नाम समेत यो मुद्दामा जोडिएको छ।

शिल्पाले मिडियाले आफ्नो छवि बदनाम गरेको आरोप समेत लगाएकी छिन्। उनले मुम्बइको उच्च न्यायलमा उजुरी दर्ता गराएकी हुन्। शिल्पाले गुगल, फेसबुक, युटुब र इन्स्टाग्रामको विरुद्धमा मुद्दा दर्ता गराएकी हुन्। साथै, उनले आफ्नो मानहानी गर्ने सबै बिषयवस्तु हटाउन समेत माग गरेकी छिन्।


राज कुन्द्रा पक्राउ परेपछि विभिन्न मिडियामा शिल्पाको नाम समेत प्रयोग गरिएको छ । विशेषगरि, यो बिषयमा शिल्पालाई पहिले नै थाहा भएको आरोप समेत मिडियाले लगाउने गरेका छन् ।

कमेन्ट लोड गर्नुस