H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ भदौ ३१, बिहिवार ११:५३
Sep 16 2021, Thursday
11:53:47 AM

अवैधरुपमा मदिरा उत्पादन गर्ने चिनियाँ पक्राउ

विज्ञापन
रासस
२०७८ साउन १५ १०:४०
अ+

काठमाडौँ: अवैधरुपमा मदिरा उत्पादन गरी बिक्री गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–२६ ठमेल बस्ने ५६ वर्षीय सी झिवीलाई प्रहरीले पक्राउ गरेको छ।

चिनियाँ नागरिकले अवैधरुपमा मदिरा उत्पादन गरी बिक्री गरिरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

ठमेलमा होम स्विट स्मेल होटल एण्ड रेष्टुरेन्ट सञ्चालन गरी अवैध मदिरा उत्पादन तथा बिक्री गर्ने गरेको फेला परेको प्रहरीले जनाएको छ। उक्त होटलबाट चार वटा स्टिलको मेसिन, मदिरा जम्मा गर्ने ट्याङ्की, मदिरा तौल गर्ने मेसिन, मदिरा उत्पादनमा प्रयोग हुने ८० लिटरका ११३ थान ड्रममा रहेका कच्चा पदार्थ र बिक्रीको लागि तयार पारिएको मदिरासमेत प्रहरीले बरामद गरेको छ। 
 

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad