सुदूर नेपाललाई विश्वसँग जोड्दै

३३ किलो सुनकाण्डका फरार प्रतिवादी पक्राउ

२०७८ साउन १५, ०९:२६ रासस

काठमाडौँः तेत्तिस किलो सुनकाण्डका फरार प्रतिवादीलाई आज काठमाडौँको गौशालाबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजे मामा भन्ने भोजराज भण्डारीलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

उनी आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भएको परिसरले जनाएको छ। मोरङ जिल्ला अदालतमा मुद्दा चलेकाले उनलाई आवश्यक अनुसन्धान पछि मोरङ पठाइने प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस