सुदूर नेपाललाई विश्वसँग जोड्दै

दक्षिणपूर्वी एशियाको सबैभन्दा धेरै कोरोनाभाइरस मृत्यु दर म्यानमारमा

२०७८ साउन १५, ०९:०० रासस

न्यापित, म्यानमारः म्यानमारको सैन्य सरकारले कोरोनाभाइरस सङ्क्रमण र यसका कारण हुने मृत्युलाई नियन्त्रणका लागि सरकारले खास पहल नलिएको आरोप मानबअधिकारकर्मी तथा स्थानीयहरूले लगाएका छन्। 

कोरोनाभाइरसका कारण म्यानमारमा मृत्यु दरमा उल्लेख्य बढी आएको भएपनि फेब्रुअरीमा निर्बाचित सरकारलाई नियन्त्रणमा लिएको सैन्य सरकारले महामारीको प्रयोग गरेर शक्ति सुदृढीकरण गर्न र विपक्षीलाई दबाउने गरेको आरोप उनीहरूले लगाएका हुन्। 

पछिल्लो सात दिनमा म्यानमारमा मृत्यु दर इन्डोनेसिया र मलेसियाभन्दा बढी रहेको पाइएको छ।  पछिल्ला दिनमा दक्षिणपूर्व एशियामा म्यानमार नै महामारीका कारण सबैभन्दा खराब अवस्थाको सामना गरिरहेको मुलुक बनेको छ । देशको स्वास्थ्य सेवा कोभिड–१९ सङ्क्रमित बिरामीहरूका कारण पछिल्लो छोटो समयमा नै निकै प्रभावित बनेको छ।

यहाँ चिकित्सकीय सेवाका लागि आवश्यक पर्ने अक्सिजन आपूर्ति घट्दै गइरहेको र सरकारले धेरै ठाउँमा यसको निजी बिक्रीमा प्रतिबन्धित गरेको छ। सरकार निकट समूहलाई सहयोगका लागि तथा सैन्य अस्पतालहरूमा आपूर्तिलाई केन्द्रित गरिएको यहाँ आन्दोलनरत दल तथा अधिकारबादी समूहले आरोप लगाएका छन्। 

यसैबीच अवज्ञा आन्दोलनलाई सहयोग पुर्‍याएको भन्दै सैन्य सरकारका गतिविधि स्वास्थ्यकर्मीहरूलाई निरूत्साहन गर्ने खालका भएको विपक्षी गठबन्धनको आरोप छ। विशेषज्ञ र निजामती कर्मचारीले राज्य प्रशासन परिषद्को नामले चिनिने सरकारी संयन्त्रलाई सहयोग नगरेको आरोप सेनाले लगाएको छ।  

संयुक्त राष्ट्र संघका पूर्व म्यानमार मानवाधिकार विज्ञ यान्घी लीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेका छन्, “उनीहरू (सैन्य प्रशासन) ले व्यक्तिगत सुरक्षात्मक उपकरण र मास्क वितरण गर्न रोकेका छन् र लोकतन्त्रका लागि भएका आन्दोलनलाई समर्थन गरेका नागरिकलाई अस्पतालमा उपचारमा समेत असमान व्यवहार देखाएका छन्।” उनले थपे,“नागरिक अवज्ञा आन्दोलनलाई समर्थन गरेको आरोपमा डाक्टरहरुलाई पक्राउ गर्न मिल्दैन।”  
 

कमेन्ट लोड गर्नुस