सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘अफगानिस्तानी विद्रोही समूहलाई इरानको सहयोग’

२०७८ साउन १५, ०८:५८ रासस

अफगानिस्तानः अफगानिस्तानका केही राजनीतिज्ञ तथा नागरिक समाजका अगुवाहरूले अफगानिस्तानमा भएका पछिल्ला आक्रमणहरूमा इरानले सहयोग गरेको आरोप लगाएका छन। अफगानिस्तानमा तालिवान तथा अन्य विद्रोही समूहलाई सहयोग गरेर अशान्ति फैलाउन मद्दत गरेको आरोप इरानमाथि छ।

अफगानिस्तानको पश्चिमी भूगोलमा पछिल्ला केही साताहरूमा भएका आक्रामक हमलामा इरानको विद्रोहीलाई सहयोग रहेको र यसले अफगानिस्तानको शान्तिप्रक्रियामा प्रभाब पार्नसक्ने चेतावनी काबुलमा भएको सरकार निकट नेताहरूले दिएका छन्।

“अफगानी भूमिमा इरानको हस्तक्षेप हाम्रा लागि असह्य रहेको र राष्ट्रिय हित विपरित कुनै पनि वैदेशिक हस्तक्षेप अफगानिस्तानले सहन बाध्य हुने छैनन्।” हामफिकरान राष्ट्रिय गठबन्धनका प्रमुख नेता अब्दुल सम्माद फर्मालीले भन्नुभयो ।

पछिल्लो समय सीमा क्षेत्रमा तालिवान समूहको आक्रमण बढिरहेका समय काबुलमा आयोजित भेलामा नेताहरूले हेरातमा रहेको साल्मा बाँधलाई जोगाउन सरकारको ध्यानाकर्षण गराएका थिए। हेरातमा पछिल्लो समय तालिवान गतिविधि बढ्न थालेका छन्।

 इरानले अफगानी सङ्कटको लाभ लिँदै अफगानिस्तानको मुख्य पानीको स्रोतहरूमा समस्या सिर्जना गर्न नहुने भेलालाई सम्बोधन गर्दै हक्का अदलत पार्टीका अध्यक्ष मोइन सम्कानाईले बताए। अफगानिस्तानबाट अमेरिकी नेतृत्वमा रहेको नेटो सैनिकहरू फिर्ता हुने तयारी भइरहँदा देशभर तालिवान तथा अन्य विद्रोही समूहहरूले सरकारविरोधी आक्रमणलाई तीब्र बनाएका छन्।
 

कमेन्ट लोड गर्नुस