H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ भदौ ३१, बिहिवार ०४:१९
Sep 16 2021, Thursday
04:19:00 PM

जसपाका तीन प्रदेशसभा सदस्य पदमुक्त

विज्ञापन
रासस
२०७८ साउन १५ ०८:५१
अ+

रुपन्देही:  लुम्बिनी प्रदेशसभाका तीन जना सदस्य पदमुक्त भएका छन्। जनता समाजवादी पार्टीका तर्फबाट प्रदेशसभा सदस्य बनेका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको प्रदेशसभा सचिवलायका सचिव दुर्लभकुमार पुन मगरले आज सूचनामार्फत जानकारी गराएका छन्।

सन्तोषकुमार पाण्डेय भौतिक पूर्वाधार विकास, विजयबहादुर यादव भूमि व्यवस्था कृषि तथा सहकारी र कल्पना पाण्डेय उद्योग, वन तथा वातावरण मन्त्री रहेका छन्।

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारकता दिएपछि शङ्कर पोखरेलको नेतृत्वको सरकारमा सहभागी भएको भन्दै जसपाको केन्द्रीय समितिले यी तीन सांसदलाई स्पष्टिकरण सोधी कारवाही गरेको थियो। त्यसका आधारमा जसपा संसदीय दलले बिहीबार प्रदेशसभामा उनीहरुलाई निष्कासन गरेको पत्र दर्ता गरेको थियो। 
 

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad