सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

२०७८ साउन १५, ०८:१६ रासस

काठमाडौं: गोकर्णेश्वर नगरपालिका–९ अत्तरखेलमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।

शुक्रबार गोकर्णेश्वरको अत्तरखेलमा ट्रकले पैदल हिडिरहेका रामेछाप घर भई गोकर्णेश्वर बस्दै आएका ३० वर्षीय राजन खड्कालाइ बा ४ ख १०२२ नम्बरको मिनी ट्रकले ठक्कर दिएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ। खड्काको नेपाल मेडिकल कलेज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

सिन्धुपाल्चोक जलविरे स्थायी घर भई हाल माकलबारी बस्ने वर्ष २४ वर्षीय चालक कुमार श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले बताए। 

कमेन्ट लोड गर्नुस