सुदूर नेपाललाई विश्वसँग जोड्दै

इनारमा बालिकाको शव भेटियो

२०७८ साउन १५, ०८:०७ रासस

धनुषाः गणेशमान चारनाथ नगरपालिका– १० बरमझिायाबाट हराइरहेकी छ वर्षीया बालिकाको शव फेला परेको छ। सोमबार विहान घरबाटै  हराइरहेकी प्रिति यादवको शव आज इनारमा फेला परेको हो। 

बालिका पिता वीरेन्द्र यादवका अनुसार  सोमबार बिहान ९ बजे घर नजिकै रहेको पसलबाट चकलेट किनेर फर्कने क्रममा उनी बेपत्ता भएकी थिइन्।

बालिकाको शव घरदेखि ५०० मिटरका दूरीमा रहेको इनारमा फेला परेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।  शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ। 
 

कमेन्ट लोड गर्नुस