सुदूर नेपाललाई विश्वसँग जोड्दै

नक्साल भगवती र जयनेपाल चोकमा ट्राफिक बत्ती जडान

२०७८ साउन १५, ०७:१६ रासस

काठमाडौँ: नक्साल भगवती र जयनेपाल चोकअगाडि ट्राफिक बत्ती जडान गरिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ महानगरपालिका–१ को सहकार्यमा जयनेपाल चोक र कुमारी बैंकको सहकार्यमा नक्साल भगवतीको चोकमा ट्राफिक बत्ती जडान गरेको हो। 

जयनेपाल चोकमा जडान गरिएको बत्तीको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र कामनपा–१ का वडाअध्यक्ष भरतलाल श्रेष्ठले संयुक्त उद्घाटन गरेका हुन्। यस्तै, नक्साल भगवतीमा जडान गरिएको बत्तीको महाशाखा प्रमुख भट्टराई र कुमारी बैंकका अधिकृत रामचन्द्र खनालले उद्घाटन गरेका थिए। 

कार्यक्रममा महाशाखाका प्रमुख भट्टराईले प्रविधिमार्फत सडक व्यवस्थापनका लागि सडक बत्तीले सहयोग पुग्ने विश्वास व्यक्त गरे। “काठमाडौँ उपत्यकामा भइरहेको सवारी चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई महाशाखाले प्राथमिकता दिँदै आएको छ,” उनले भने। 

काठमाडौँ महानगरपालिका–१ का वडाअध्यक्ष श्रेष्ठले ट्राफिक बत्तीको प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कुमारी बैंकका अधिकृत खनालले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ट्राफिक बत्ती जडान कार्यलाई सहयोग गरिएको बताए। आगामी दिनपनि ट्राफिक प्रहरीसँग सहकार्य गर्ने उनको भनाइ थियो । 

महाशाखाले हालसम्म उपत्यकाका ३४ चोकमा ट्राफिक बत्तीमार्फत ट्राफिक व्यवस्थापन गर्दै आएको छ। ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउँदै दुर्घटना न्यूनीकरणको लागी आगामी दिनमा अन्य चोकमा ट्राफिक बत्ती जडानको लागि समन्वय गर्ने महाशाखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) सुनिलजङ्ग शाहले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस