सुदूर नेपाललाई विश्वसँग जोड्दै

निष्ट एलपिएल : सिद्धार्थ र लिटिल फ्लावर सेमीफाईनलमा

२०७५ मंसिर १, ०६:२७ खबर संवाददाता

धनगढीमा जारी तेस्रो निस्ट लिटिल फ्लावर प्रिमियर लिगमा सिद्धार्थ शिशु सदन र लिटल फ्लावर बोर्डीङ स्कुल विजयी भएका छन्। आजको पहिलो खेलमा सावीक विजेता सिद्धार्थ शिशु सदनले सरस्वती मावि गेटालाई ३२ रनले पराजित भएको छ। जितसङ्गै सिद्धार्थ शिशु सदन सेमिफाइनलमा प्रवेश गरेको छ भने पराजित भएको सरस्वती मावि गेटा प्रतियोगिताबाट बाहिरिएको छ। सिद्धार्थले जितको लागि दिएको १ सय ८८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको सरस्वतीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै मात्र १ सय ५६ रन बनाउन सक्यो। सरस्वतीको लागि हिक्मत सेठिले अविजित ६२, हृदय बिठारीले ४४, कप्तान आयुब चन्दले १३ रन बनाए। बलिङतर्फ सिद्धार्थका प्रतिस जिसिले २ र गजेन्द्र बोहराले १ विकेट लिए। यस अघि टस जितेर पहिला ब्याटिङ गरेको सिद्धार्थ शिशु सदनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको थियो। पहिलो विकेट २ रनमा गुमाएको सिद्धार्थ शिशु सदनको लागि दोस्रो विकेटको रूपमा खडक बोहरा र सुरेन्द्र साउदले ऐतिहासिक १ सय २३ रनको साझेदारी गरेका थिए। सिद्धार्थ शिशु सदनको लागि ब्याटिङमा खड्क बोहराले अविजित १ सय ३, सुरेन्द्र साउदले ३७ र कप्तान प्रतिस जिसिले ३२ रनको महत्त्वपूर्ण योगदान दिए। 


आजै सम्पन्न दोश्रो खेलमा लिटल फ्लावर स्कुल धनगढीले क्यास्पियन एकेडेमी धनगढीमाथि १७ रनको जित निकालेको छ। जितसङ्गै लिटिल फ्लावर स्कुल धनगढी सेमिफाइनल प्रवेश गरेको छ भने पराजित भएको क्यास्पियन एकेडेमी धनगढी प्रतियोगिताबाट बाहिरिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको लिटिल फ्लावर स्कुल धनगढीले जितको लागि दिएको १४५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको क्यास्पियन एकेडेमी धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १ सय २७ रन बनाउन सक्यो। क्यास्पियन एकेडेमी धनगढीको लागि दिनेश अधिकारीले ७२, रोशन अधिकारीले ३० रनको योगदान दिए। बलिङतर्फ लिटिल फ्लावर स्कुलका बिक्रम ठगुन्ना र सागर भण्डारीले समान २÷२ तथा शेर मल्ल र सुरज तिरुवाले समान १÷१ विकेट लिए। यस अघि टस जितेर पहिला ब्याटिङ गरेको लिटिल फ्लावर स्कुलले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४४ रन बनायो। लिटिल फ्लावर स्कुलको लागि ब्याटिङमा शेर मल्लले ३४ तथा कप्तान बिपिन रावलले २२ रनको योगदान दिए। बलिङतर्फ क्यास्पियनको रोशन अधिकारि र निरज रावलले समान ३÷३ , आकाश चन्दले २ तथा दिनेश अधिकारिले १ विकेट लिएका थिए। शेर मल्ल खेलको म्यान अफ द म्याच भए।
कमेन्ट लोड गर्नुस