सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा नदीमा नुहाउने क्रममा २ बालबालिकाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ साउन १५, ०५:५७ खबर संवाददाता

धनगढीः कैलालीमा नदीमा नुहाउने क्रममा २ बालबालिकाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका–९ डोङपुरस्थित कान्द्रा नदीमा नुहाउने क्रममा दुई बालबालिकाको मृत्यु भएको हो भने एक जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टका अनुसार मृत्यु हुनेमा धनबहादुर सिंहकी नौ वर्षीया छोरी लक्ष्मी सिंह र रामफल चौधरीकी सात वर्षीया छोरी जेनी चौधरी छन्। ६ वर्षीया अनु सिंहको खोजी भइरहेको विष्टले बताए।

घर नजिकै रहेको कान्द्रा नदीमा नुहाउने क्रममा साँझ ५ बजेतिर उक्त घटना भएको प्रहरी नायब उपरीक्षक विष्टले बताए।

कमेन्ट लोड गर्नुस