सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको कर्णाली नदीमा खसेको गाडी भेटियो

२०७८ साउन १५, ०४:४४ खबर संवाददाता

धनगढीः कर्णाली नदीमा खसेको गाडी भेटिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार साढे १२ बजेको समयमा कर्णाली नदीमा खसेको गाडीको फेला परेको हो।

नदीबाट गाडी निकाल्न भने समस्या भइरहेको कैलाली प्रहरी प्रमुख एसपी विश्व अधिकारीले दिनेशखबरलाई बताए। नदीमा पानीको वहाव बढी भएका कारण गाडी निकाल्न समस्य भइरहेको हो।

अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी उक्त गाडी निकाल्ने खटिएका छन्। बेपत्ता दम्पतीको खोजी कार्य सशस्त्र प्रहरीको गोताखोर टीमले गरिरहेको छ।

कमेन्ट लोड गर्नुस