सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णालीमा बेपत्ता दम्पतीको खोजी कार्यमा खटिए तीनवटै सुरक्षा निकाय

फाइल फोटो
फाइल फोटो
२०७८ साउन १५, ०४:३२ खबर संवाददाता

धनगढीः कैलालीमा कर्णाली नदीमा जीप खस्दा दुई जना बेपत्ता भएका छन्। शुक्रबार दिउँसो मोहन्याल गाउँपालिका–७ स्थित चिसापानी–सोल्टा कच्ची सडक खण्डबाट जीप कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ब्याक गर्ने क्रममा नम्बर खुल्न नसकेको जीप सडकबाट कर्णाली नदीमा खसेको हो। जीपका चालक डोटीको आदर्श गाउँपालिकाका प्रकाश जोशी र उनकी श्रीमती रुपी जोशी नदीमा बेपत्ता हुन्। उनीहरुको खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली खटिएको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

दुर्घटनामा जोशीका छोरीहरु १३ वर्षीया लक्ष्मी, चार वर्षीया सावित्री र तीन वर्षीय छोरा भुवन घाइते भएका छन्। उनीहरुमध्ये भुवन र सावित्रीको अवस्था गम्भीर छ। उनीहरुलाई उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ।


 

कमेन्ट लोड गर्नुस