सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकै परिवारका पाँच जना सवार जीप कर्णालीमा खस्यो

२०७८ साउन १५, ०२:३२ खबर संवाददाता

धनगढीः कैलालीको कर्णाली नदीमा गाडी खसेको छ। नदीमा गाडी खस्दा दुई जना बेपत्ता भएका छन्। पाँच जना सवार रहेको गाडी नदीमा खस्दा २ जना बेपत्ता भएको बताउँदै खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलाली प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले दिनेशखबरलाई बताए।

डोटीको आदर्श गाउँपालिकाका चन्द्रप्रकाश जोशीले चलाएको गाडी चिसापानीदेखि सोल्टा जाने सडक खण्डको बाँकामा पल्टीएको प्रहरीले जनाएको छ। जोशी आफ्नो परिवारसहित नेपालगञ्जबाट उपचार गरेर घर फर्किने बेला चिसापानी घुम्नेक्रममा स्कारपियो कार्णालीमा खसेको हो।

गाडीमा सवार १२ वर्षीया लक्ष्मी जोशी, ४ वर्षीया सावित्रि जोशी र ३ वर्षीय भुवन जोशीको उद्दार गरिएको छ भने चन्द्रप्रकाश र रुपी जोशी बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी अधिकारीले बताए। प्रहरीका अनुसार घटनास्थलमा भेटिएको कागजपत्रमा गाडी नम्बर बा ११ च ९३८ नम्बर उल्लेख भएको छ।
 

कमेन्ट लोड गर्नुस