सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्व माओवादी नेताको सुनुवाइ स्थगित

२०७८ साउन १५, १२:५९ खबर संवाददाता

काठमाडौँ : सर्वोच्च अदालतमा सांसद पदमा पुर्नवहालीको माग गर्दै दर्ता भएको रिट निवेदनको सुनुवाइ स्थगित भएको छ।

टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरी शङ्कर चौधरीको रिट निवेदनको सुनुवाइ स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ। निवेदकको कानुन व्यवसायीबाट रिटको सुनुवाइ स्थगित भएको अदालतले जनाएको छ।

२०७७ फागुन २२ गते एमाले र माओवादी केन्द्र ब्युँतिएपछि माओवादीका चार सांसद एमालेमै बसेका थिए। 

एमालेमै बसेपछि उनीहरूलाई माओवादी केन्द्रले कारबाही गरेको थियो। पार्टीले कारबाही गरेपछि सांसद पद मुक्त भएका उनीहरू पुर्नवहालीको निवेदन लिएर सर्वोच्च गएका हुन्। बुधबार दर्ता गरेको रिटमा बिहीबार हेर्न भ्याइएको थिएन। 

शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिएको चार पूर्व माओवादी नेताको कानुन व्यवसायीबाट स्थगित भएको हो। 

कमेन्ट लोड गर्नुस