सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिजो हेर्न नभ्याइएको पूर्वमाओवादी नेताको मुद्दा आनन्दमोहन भट्टराईको इजलासमा

२०७८ साउन १५, १२:५५ खबर संवाददाता

काठमाडौं: नेकपा माओवादी केन्द्रको कारवाहीका आधारमा पदमुक्त भएका ४ जना संघीय सांसदले पुनर्वहालीको माग गर्दै दायर गरेको मुद्दा आज पनि पेसी तोकिएको छ।

हिजो न्यायाधीश दीपक कार्कीको इजलासमा पेसी तोकिएको सो मुद्दा हेर्न नभ्याइनेमा परेको थियो। आज न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा सुनुवाइ हुनेछ।

प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधवार रिट दायर गरेका थिए।

कमेन्ट लोड गर्नुस