सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वमाओवादी नेताहरुको मुद्दा आनन्दमोहन भट्टराईको इजलासमा

२०७८ साउन १५, ११:२० खबर संवाददाता

पूर्वमाओवादी नेताहरुले सांसदका रुपमा कायम रहन मागदावीसहित दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई हुने भएको छ। पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले दायर गरेको रिट निवेदन शुक्रबार न्यायाधीश भट्टराईको एकल इजलासमा राखिएको छ।

उक्त रिट निवेदन बिहीबार न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा पेसी राखिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो। यी चार नेतालाई नेकपा एमालेमा प्रवेश गरेको भन्दै माओवादी केन्द्रले पार्टी सदस्यताबाटै बर्खास्त गर्दै सांसद पदसमेत नरहने गरी कारवाही गरेको थियो।

कमेन्ट लोड गर्नुस