सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा शिक्षक आन्दोलित, उपमहानगरपालिकामै रिले अनसन

२०७८ साउन १५, १०:१९ खबर संवाददाता

धनगढीः धनगढीका शिक्षकहरु आन्दोलित भएका छन्। आफ्ना विभिन्न मागहरु सम्बोधन नभएको भन्दै शिक्षकहरु आन्दोलित भएका हुन्।

शिक्षक व्यवस्थापन गर्नुपर्ने, बालबिकासको तलब संघिय सरकारले दिनुपर्ने, विद्यार्थीलाई खोप लगाउनुपर्ने लगायतका माग सम्बोधन नभएपछि आफूहरु आन्दोलित हुनु परेको आन्दोलन परिचालन समिति संयोजक तिर्थराज पाण्डेयले बताए।

यस्तै सबै शिक्षक विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप दिनुपर्ने माग गरिएको छ। आन्दोलनलाई थप सशक्त रुपमा अगाडि बढाउनका लागि धनगढी उपमहानगरपालिकामा रिले अनसन बसेको पाण्डेयले बताए।

कमेन्ट लोड गर्नुस