सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाडीमा लुकाइछिपाइ राखिएको गाँजासहित पक्राउ

२०७८ साउन १४, ०९:०२ रासस

मकवानपुर: स्कारपियो गाडीमा लुकाइछिपाइ राखिएको प्रतिबन्धित लागुऔषध गाँजासहित मकवानपुर प्रहरीले आज दुईजनालाई पक्राउ गरेको  छ।

६५ किलो गाँजासहित बा ११ च ९५०९ नम्बरको स्कारपियो गाडी हेटौँडा उपमहानगरपालिका  १९ नेवार पानीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। 

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगपालिका–२० चनौली बस्ने ३८ वर्षीय रोशन परियार र मकवानपुरको राक्सिराङ गाउँपालिका–६ बस्ने ४३ वर्षीय ललिततामाङ रहेका छन्। मनहरिबाट हेटौँडा आउँदै गरेको गाडी जाँच गर्दा उक्त गाडीमा लुकाइछिपाइ ल्याएको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस