सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक महिलाकाे शव फेला

२०७८ साउन १४, ०८:५९ रासस

हेटौँडाः हेटौँडा उपमहानगरपालिका–१ स्थित सामारी खोलामा आज एक महिलाको शव फेला परेको छ।

शव मकवानपुरगढी गाउँपालिका–६ की ४२ वर्षीय महिला तुलसीमाया घलान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

घलानको शव सामरी खोलाभन्दा २०० मिटर पूर्वमा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वेर रिमालले जानकारी दिए। 

 

कमेन्ट लोड गर्नुस