सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका सांसद भन्छन्, ‘लेखराज र गौरीशंकर माओवादीमा छैनन्’

२०७८ साउन १४, ०७:१९ खबर संवाददाता

धनगढीः नेकपा माओवादी केन्द्रका नेताहरुले लेखराज भट्ट र गौरीशंकर चौधरीबाट लज्जासपद गतिविधि भइरहेको बताएका छन्। सुदूरपश्चिम प्रदेशका केही नेताहरुले लेखराज र गौरीशंकर अब माओवादी नरहेको बताउँदै आएका हुन्। 

लेखराज र गौरीशंकर माओवादीमै छन् त भन्ने प्रश्नमा सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा माओवादी केन्द्रका नेता अक्कल रावलले भने, ‘उहाँहरु माओवादीमा हुनुहुन्न। उहाँहरु नेकपा एमालेको केन्द्रीय समितिमा हुनुहुन्छ। उहाँहरु सरकार चाहिएको बेला एमाले हुनुहुन्छ। पार्टी चाहिएको बेला माओवादी केन्द्र हुँ भन्नुहुन्छ। उहाँहरुको अहिले सरकार पनि नभएको अवस्था, पार्टी पनि नभएको अवस्था छ। त्यसैले गर्दा पार्टीको खोजी गर्नु स्वाभाविक रुपमा मैले मानेको छु।’

                                                                                   अक्कल रावल

कैलालीबाट विजयी पूर्वमाओवादी नेता लेखराज भट्ट र गौरीशंकर चौधरीले आफूहरु माओवादीमै रहेको र गैरकानुनी ढंगले कारबाही गरेको भन्दै सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा बुधबार रिट दायर गरेका छन्।

माओवादी छाडेको र एमाले प्रवेश गरेको घोषणा नगरेपनि माओवादीले दल त्याग गरेको भन्दै कारबाही गरेकाले आफूहरू अन्यायमा परेको आशय भट्ट र चौधरीको रिटमा छ। भट्ट स्थायी कमिटी सदस्य र चौधरीलाई केन्द्रीय सदस्यको जिम्मेवारी एमालेले दिएको थियो।

तर सर्वोच्चले एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि निर्वाचन आयोगमा भट्ट र चौधरी एमाले हो भन्ने प्रमाण छैन। 
 

कमेन्ट लोड गर्नुस