सुदूर नेपाललाई विश्वसँग जोड्दै

माधवलाई भेटेर सुवास नेम्वाङले भने- तपाईं र ओली भेटघाट गर्नुस्

माधवले भने- ठिकै छ, गरौंला नि

फाइल फोटो
फाइल फोटो
२०७८ साउन १४, ०६:५८ खबर संवाददाता

काठमाडौं: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई संसदीय दलका नेता सुवास नेम्वाङले भेटेका छन्। नेम्वाङले नेता नेपाललाई भेटेर पार्टी एकतालाई निष्कर्षमा पुर्याउन आग्रह गरेका छन्।

दशबुँदे सहमति जुटाउने कार्यदलमा अध्यक्ष केपी शर्मा ओली तर्फबाट नेम्वाङ संयोजक थिए। ‘एकताको सन्दर्भमा कुराकानी छलफल भयो। तपाईं र अध्यक्ष कमरेड भेटघाट गर्नुहोस्। कुराकानी गर्नुहोस्। एकतालाई निष्कर्षमा पुर्याउनुपर्छ भनेको छु,’ नेम्वाङले भने ।

दशबुँदे सहमतिको जगमा उभिएर अगाडि बढ्न आग्रह गरेको उनले बताए। ‘दशबुँदे सहमति गरेका छौं। यसलाई टुंगोमा पुर्याउनुपर्छ। अब अध्यक्ष र तपाईं कुराकानी गरेर अगाडि बढ्न मात्रै बाँकी छ,’ नेम्वाङको आग्रह थियो।

जवाफमा नेता नेपालले छलफल गरेर अगाडि बढ्ने बताएका थिए। ‘उहाँले ठिकै छ, छलफल गरौंला नि भन्नुभयो। अरुसँग पनि भेटघाट गर्छु भन्नुभएको छ,’ नेम्वाङले भने।

कमेन्ट लोड गर्नुस