सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लेन मिचेर सवारी वारपार गर्दै ‘अल्छी चालक’(फोटोसहित)

२०७८ साउन १४, ०६:५० खबर संवाददाता

धनगढी: कैलालीको मोहनापुल–अत्तरिया ६ लेन सडकमा अहिले प्राय चालकले पुरै लेन घुमेर सवारी घुमाउन अल्छी मानेर लेन मिच्ने गरेका छन्। निर्माणाधिन उक्त सडकमा अहिले डिभाइडर राख्ने काम भइरहेको छ। एउटा लेनमा डिभाइडर राख्ने कार्यले अर्को लेन एकदमै व्यस्त हुन्छ। जहाँ सवारी जाम समेत लागिरहेको छ।

सोही कारण कहिँकतै सडक आवागमन अवरुद्ध भएको छ। त्यसैले गल्तीले लेनभित्र प्रवेश गरेका सवारी चालकले पुनः फर्किएर गाडी घुमाउन झन्झट मान्ने गरेका छन्। त्यहि अल्छीपनका कारण उनीहरु बीच लेनबाटै गाडी वारीपारी लगिरहेका छन्। 

उक्त कुरामा ट्राफिक प्रहरीको नजर भने पर्न सकेको छैन। ट्राफिक नियम नियमनमा प्रहरीले सक्रियता नबढाएपछि लेन मिच्ने प्रवृत्ति बढ्ने क्रममा छ। 

कमेन्ट लोड गर्नुस