सुदूर नेपाललाई विश्वसँग जोड्दै

कालीगण्डकीले बगाउँदा दुई बालक बेपत्ता

फाइल फोटो
फाइल फोटो
२०७८ साउन १४, ०५:५६ खबर संवाददाता

बागलुङ: कालीगण्डकी नदीमा पौडी खेल्न गएका दुई बालक बेपत्ता भएका छन्। बागलुङ नगरपालिका– ४ उपल्लाचौरबाट नदीमा पौडी खेल्न गएका १३ वर्षीय अभिषेक बिक र यमबहादुर पुन नदीले बगाएर बेपत्ता भएका हुन्।

बिक र पुनसँगै १० वर्षीय प्रश्न बिक र १२ वर्षीय विसान पुन पौडी खेल्न गएकोमा दुई जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक इकवाल हवारीले जानकारी दिए।

बागलुङ नगरपालिका– १ निरहेघाटमा बिहीबार दिउँसो पौडी खेल्न गएका चार जना मध्य प्रश्न बिक र विसान पुन सम्पर्कमा आएको र अन्य दुई जना सम्पर्कमा नभएको हवारीले जानकारी दिए। अहिले नदीमा पानीको वहावपनि बढी नै रहेकाले नदी किनारमा खोजतलास भइरहेको हवारीले जानकारी दिए।

कमेन्ट लोड गर्नुस