सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेसको ९६ प्रतिशत क्रियाशील सदस्यता टुंगियो

२०७८ साउन १४, ०५:५२ खबर संवाददाता

काठमाडौं: नेपाली काँग्रेसको क्रियाशील सदस्यता छानविन समितिले विवाद भएका केही स्थानमा पुनस् सहमति जुटाएर पुरक प्रतिवेदन बुझाएको छ। झण्डै सय वडामा विवाद रहेर नटुंगिएको सदस्यताबारे समितिले पाएको २४ घण्टे म्यादमा १० वटा वडामा सहमति जुटाएको नेता प्रदीप पौडेलले जानकारी दिए।

समितिका सदस्य पौडेलले अव ९६ प्रतिशत क्रियाशिल सदस्यता टुंगिएको दावी समेत गरे। समितिले काँग्रेस सभापति शेरबहादुर देउवाको नीजि निवास बुढानिलकण्ठमा जारी पदाधिकारी बैठकमा पुरक प्रतिवेदन बुझाएको हो।

सोही प्रतिवेदनमाथि पदाधिकारी बैठकमा छलफल भइरहेको छ। समिति सदस्य पौडेलले क्रियाशिल सदस्यता धेरै मिलेकाले अव समयमै पार्टीको १४ औं महाधिवेशन हुने बताए। उनले सर्लाही र सिन्धुपाल्चोक लगायत चारवटा जिल्लाका केही स्थानमा सहमति हुन नसकेकाले ति स्थानको क्रियाशिल सदस्यता नेतृत्वले नै टुंग्याउने गरी जिम्मा दिएको पनि पौडेलले बताए।

‘९६ प्रतिशत क्रियाशिल सदस्यता टुंगिएको छ। यस पटक १३ औं  महाधिवेशनको भन्दा अहिले सदस्यता बढि भएको छ। त्यसैले अव अधिवेशनहरु सकेर महाधिवेशन गर्नुपर्छ रोकिँदैन’, पौडेलको भनाई छ।  नेता पौडेलले जारी पदाधिकारी बैठकले आजै प्रभावित भएको अधिवेशनको नयाँ कार्यतालिका प्रकाशित गर्न छलफल भइरहेको समेत बताए। 

कमेन्ट लोड गर्नुस