H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ भदौ ३१, बिहिवार ०३:४८
Sep 16 2021, Thursday
03:48:18 PM

एमाले विवाद शनिबारसम्म वारपार गर्न थापाथलीबाट ओलीको निर्देशन

विज्ञापन
फाइल फोटो
फाइल फोटो
खवर संवाददाता
२०७८ साउन १४ ०४:२१
अ+

काठमाडौँ: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विवाद शनिबारसम्ममा वारपार गर्न निर्देशन दिएका छन्। बुधबार पार्टी कार्यालय थापाथली पुगेका ओलीले यस्तो निर्देशन दिएका हुन्। 

‘म यति लचिलो छु। तर, बाहिर चाहिँ मैले पहल नगरेको भ्रम फिँजाइएको छ। अब धेरै कुर्न सकिन्न। शनिवारसम्म कि वार कि पार गरौँ,' प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक एमाले मुख्यालय पुगेका अध्यक्ष केपी ओलीले महासचिव ईश्वर पोखरेललाई निर्देशन दिँदै भने, ‘जे-जे गर्नुछ, शुक्रबार रातिसम्म गरौँ, शनिवार बिहान स्थायी समिति बैठक बोलाउनुस्। सबै त्यहीँबाट टुङ्ग्याऊँ।'

अध्यक्ष ओलीको उक्त भनाइपछि वार्तामा संलग्न संस्थापन पक्षीय नेताहरु बुधबार रातिदेखि नै सहमतिका लागि सक्रिय भएका छन्। उपमहासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य सुवास नेम्वाङले वरिष्ठ नेता माधव नेपाल पक्षीय उपाध्यक्ष भीम रावल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई फोन गरी अध्यक्ष ओलीको भनाइबारे बताएका थिए। उनीहरुले बिहीबार भेट्ने योजना बनाएका छन्। यद्यपि भेटको समय टुंगो लागिसकेको छैन। 

संस्थापन पक्षले वरिष्ठ नेता नेपाल तत्कालै नआए पनि बाँकी नेताहरुलाई पार्टीमा फर्केर सक्रिय हुन प्रस्ताव गरेको छ। ‘उहाँ आउँदै गर्नुहुन्छ। अहिले कारवाही पनि गर्नुपरेन। बाँकी साथीहरु पार्टी काममा सक्रिय हुँदै गरेर एकतालाई अघि बढाउन सकिन्छ‘, ओली समूहका एक नेताले भने। 

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad