सुदूर नेपाललाई विश्वसँग जोड्दै

६५ किलो गाँजासहित २ जना पक्राउ

२०७८ साउन १४, ०३:१९ खबर संवाददाता

धनगढीः मकवानपुरको नेवारपानीबाट ६५ किलो लागुऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानीबाट बुधबार राती करिव १२ः४० बजेको समयमा सो परिमाणको गाँजासहित चितवन भरतपुर महानगपालिका वडा नम्बर–२० चनौली बस्ने वर्ष ३८ को रोशन परियार र मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–६ बस्ने वर्ष ४३ को ललित तामाङलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने नेवारपानी स्थित सडक खण्डमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मनहरीबाट हेटौडा तर्फ आउँदै गरेको बा ११ च ९५०९ नम्बरको स्कारपियो गाडीबाट सो परिमाणको लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए।

उक्त स्कपियोलाई रोकि चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा ६५ किलो फेला परेको चालक परियार र स्कार्पियोमा सवार तामाङलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरिक्षक रिमालले बताए। उक्त लागुऔषध गाँजा, स्कार्पियो र पक्राउ परेका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका कार्य अघि बढाइएको प्रहरीको भनाई छ।
 

कमेन्ट लोड गर्नुस