सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सेनाले बख्तरबन्द गाडीको सडकमा अभ्यास गराउने

२०७८ साउन १४, ०३:०१ खबर संवाददाता

धनगढीः नेपाली सेनाले धनगढीमा बख्तरबन्द गाडीको सडकमा ड्राइभिङ अभ्यास गराउने भएको छ। सेनाको मेकानाइज्ड युनिटहरूबाट सकल दर्जाहरूको ड्राइभिङ सीप अभिवृद्धि गर्न सडकमा बख्तरबन्दको अभ्यास गराउन लागेको नेपाली सेनाको मुख्यालय जंगी अड्डाले जनाएको छ।

आर्मोर्ड पर्सनल क्यारियर र माइन प्रोटेक्टिभ गाडीहरूको अभ्यास हुन लागेको हो। अभ्यासका लागि सेनाले स्थानीय प्रशासन र प्रहरीसँग समन्वय गर्ने बताएको छ। बख्तरबन्दको अभ्यास हुने स्थान र मिति तालिका सेनाले सार्वजनिक गरेको छ।

धनगढीको बोराडाँडी ब्यारेकले बिहीबार नै बख्तरबन्दको अभ्यास गर्ने जनाइएको छ। यस्तै अरू दिनको तालिका पनि सार्वजनिक भएको छ।

कमेन्ट लोड गर्नुस