सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिल्लीमा एक दिनमा ६७ जना मात्रै नयाँ सङ्क्रमित

२०७८ साउन १४, ०५:२६

नयाँ दिल्ली: भारतको केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा एक दिनमा ६७ जना मात्रै नयाँ सङ्क्रमित थपिएका छन्।   

लामो समय कोरोना भाइरसको महामारीबाट अति प्रभावित सहर नयाँ दिल्लीमा अहिले दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या अत्यन्त न्यून देखिएको हो। दिल्ली स्वास्थ्य विभागले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा नयाँ दिल्लीमा कोरोना भाइरसका कारण थप तीन जनाको मृत्यु भएको छ। 

नयाँ दिल्लीमा कोरोना भाइरसबाट अहिलेसम्म १४ लाख ३६ हजार ९३ जना सङ्क्रमित भएका छन्। तीमध्ये ५७३ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन्। कूल सङ्क्रमितमध्ये १४ लाख १० हजार ४७१ जना सङ्क्रमणमुक्त भएका छन्। तीमध्ये ६१ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन्। 

नयाँ दिल्लीमा पछिल्लो एक दिनमा ५२ हजार ५३३ जनाको कोरोना परीक्षण गरिएकामा ०.०९ प्रतिशतमा मात्रै सङ्क्रमण देखिएको थियो। भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा अहिलेसम्म कोरोना भाइरसका कारण २५ हजार ४९ जनाको मृत्यु भएको छ। कूल सङ्क्रमितमध्ये १.७४ प्रतिशतको मृत्यु भएको देखिएको छ। -एएनआई

कमेन्ट लोड गर्नुस