सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागुऔषधसहित पक्राउ

२०७८ साउन १३, १०:५६ रासस

काठमाडौँ: काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध एक हजार १९८ ट्याब्लेट नाइट्राभेट, ५० एम्पुल डाइजेपाम, ५० एम्पुल फेनारगन र ५० एम्पुल नुफिनसहित एक जनालाई आज पक्राउ गरिएको छ। 

पक्राउपर्नेमा दाङ, सिसनिया गाउँपालिका–६ बस्ने २८ वर्षीय देव चौधरी रहेका छन्। धरानबाट काठमाडौँ आउँदै गरेको ना६ख १४५७ नंको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा देवलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरिएको हो। उनका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

यता गोदावरी नगरपालिका–३ स्थित तान्चिनटार सेवा समाजको सामुदायिक भवनमा रहेको सर्वोपरी बचत तथा ऋण सहकारी संस्थाबाट रु पाँच लाख चोरी भएको छ। उक्त भवनको मूल ढोकाको ताला फुटाइ काउन्टरमा राखेको उक्त नगद चोरी भएकाले चोरीमा संलग्न फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

कमेन्ट लोड गर्नुस