सुदूर नेपाललाई विश्वसँग जोड्दै

६३ प्रतिशत मुद्दा फछ्र्योट

२०७८ साउन १३, ०७:३७ रासस

चितवनः जिल्ला अदालत चितवनले गत आर्थिक वर्षमा ६३ दशमलव ५५ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ। 

तीन हजार ८३० मुद्दामध्ये उक्त अवधिमा दुई हजार ४३४  फछ्र्योट भएका छन्। अदालतका तहशिलदार पुरुषोत्तम पौडेलका अनुसार गत वर्ष नयाँ दर्ता भएका र अघिल्लो आवबाट जिम्मेवारी सरी आएका गरी तीन हजार ८३० मुद्दा रहेका थिए। तीमध्ये गत आवमा परेका दुई हजार ४५९ र अघिल्लो आवबाट जिम्मेवारी सरी आएका एक हजार ३७१ मुद्दा हुन्।
 
उनका अनुसार ती मुद्दामध्ये दुई हजार ४३४ फछ्र्योट भएका छन्। एक हजार ३९६ मुद्दा यस वर्षका लागि जिम्मेवारी सरेको उनले जानकारी दिए। यस्तै ७६९ जनालाई पक्राउ गरी फैसला कार्यान्वयन गराइएको छ।

जिम्मेवारी सरी आएका पाँच हजार ३२१ जना र गत वर्षका ७६९ मध्ये सो सङ्ख्यामा पक्राउ गरी फैसला कार्यान्वयन गराइएको हो। पौडेलका अनुसार चालू आवका लागि पाँच हजार ३२१ जनाबाट फैसला कार्यान्वयनका लागि जिम्मेवारी सरी आएको छ। उनीहरुबाट दुई हजार ६६८ वर्ष छ महिना २० दिन कैद र रु १५ करोड ९८ लाख पाँच हजार ६८९ जरिवाना असुल गर्न बाँकी रहेको उनले जानकारी दिए।
 
पक्राउ परेकाबाट एक हजार ६१ वर्ष छ महिना १६ दिन कैद भुक्तान गरिएको छ भने रु नौ करोड ३४ लाख ४४ हजार ३१० जरिवाना असुल गरिएको छ। कोरोना सङ्क्रमणका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा अदालतमा पनि काम नहुँदा फैसला कार्यान्वयन र अदालती काम पनि बन्द हुँदा फछ्र्योट कम भएको देखिएको उनको भनाइ छ।
 

कमेन्ट लोड गर्नुस