सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्मला हत्या प्रकरण :थप चारजनाको डीएनए पनि मिलेन

। फोटो स्रोत ।
२०७५ कार्तिक ३०, ०३:०७ खबर संवाददाता

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद भनिएका थप ४ जनाको डीएनए रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ। यसअघि पाँचजनाको डिएनए परीक्षण गरे पनि मेल खाएको थिएन। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले शंकास्पद ४ जनाको डीएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएकोमा डीएनए रिपोर्ट पनि ‘नेगेटिभ’ आएको हो। साउन १० गते साथीको घरमा जानेक्रममा घर नफर्केकी निर्मलाको शव भोलिपल्ट भीमदत्त नगरपालिकास्थित उखुबारीमा भेटिएको थियो।
 

कमेन्ट लोड गर्नुस