सुदूर नेपाललाई विश्वसँग जोड्दै

भाषा परीक्षा पास गरेकालाई छिटो लैजान कोरियासँग अर्थ मन्त्री शर्माको आग्रह

२०७८ साउन १३, ०६:२३ खबर संवाददाता

काठमाडौं: नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेटवार्ता गरेका छन्। 

बुधवार मन्त्रालयमा भएको भेटमा अर्थ मन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरूलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन्। 

कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट हुनुपर्ने काम गरिने प्रतिवद्धता जनाउँदै मन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिन आग्रह गरे।

‘इपिएस अन्तर्गत कोरियाली भाषा परीक्षा उत्तिर्ण गरेका हजारौं युवाहरु बेरोजगार बसेका छन्, यो समस्या चाँडै समाधान गरिनेछ भन्ने विश्वास लिएको छु’ मन्त्री शर्माले भने। 

जवाफमा राजदूत सुकले रोकिएको इपिएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिए। नेपालीहरुको मेहेनती र इमान्दारिताबाट कोरियाली रोजगारदाताहरु खुशी रहेको प्रसंग उल्लेख गर्दै उनले भाषा परीक्षा उत्तिर्ण गरी पालोमा बसेका श्रमिकलाई काममा पठाउने प्रक्रिया अघि बढाइने बताए। 

कमेन्ट लोड गर्नुस