सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कालोपत्रे भएको २ हप्तामै सडकमा उम्रियो घाँस

२०७८ साउन १३, ०२:४५

धनगढी : धनगढीमा कालोपत्रे गरिएको दुई हप्तामै सडकमा घाँस उम्रिएको छ। तारानगरमा असार अन्तिम साता कालोपत्रे गरिएको सडकमा दुई हप्ता नबित्दै घाँस उम्रिएको हो।

डिलबहादुर बमको घरदेखि तीर्थराज पाठकको घरसम्मको १ सय ६९ मिटर लामो कालोपत्रे सडकमा धनगढी उपमहानगरपालिकाको ७ लाख र उपभोक्ताको एक लाख ८० हजार रुपैयाँ लगानी गरिएको थियो।  कालोपत्रे निर्माण भएको दुई हप्तामै बीच सडकमै झार उम्रिनुका साथै प्वाल परेको स्थानीय डम्मर जोशीले बताए।

असार मसान्तमा हतारोमा काम गर्दा सडक गुणस्तहीन बनेको उनले बताए। असार २१ गते कालोपत्रे सुरु गरेर असार २५ गते सकिएको थियो। धनगढी उपमहानगरपालिकाका इञ्जिनियर दिजराज भट्टले गाडी नगुड्ने ठाउँमा बनेको कालोपत्रेमा झार उम्रिएको हुनसक्ने बताए। सडकको बेसमा हालिएको गिट्टीमा माटो परेमा पनि झार उम्रिने उनी बताउँछन्। 
 

कमेन्ट लोड गर्नुस