सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिडारीले भनेः ओली सरकारले कमजोर मुद्दा लगाउँदा गच्छदार छुटे

२०७८ साउन १३, ०२:२१ खबर संवाददाता

काठमाडौं : राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले केपी ओली नेतृत्वको सरकारले कमजोर मुद्दा लगाउँदा बिजय गच्छदार जेलमुक्त भएको आरोप लगाएका छन्। 

राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै बिडारीले अहिलेको सरकार आउनासाथ गच्छदार छुटेको भनी प्रतिपक्षी नेकपा एमालेले गरिरहेको टिप्पणीप्रति यस्तो आक्रोश पोखेका हुन्। 

‘ओलीजीले राम्रोसँग मुद्दा नलगाइदिएर फुत्किन सक्नेगरी महन्थ ठाकुरसँग जस्तै टाकटुक कुरा मिलाएर अगतिलो मुद्दा हाल्दिएछन्, पक्राउ गरेनछन्। डेढ वर्षसम्म भात खुवाएर नेपालमै घुमाएर राखेछन्।'

बिडारीले भने, ‘यो सरकार आउनासाथ झ्याप समातेर ट्याप अदालतमा पुर्याइदियो। अदालतले गरेको आदेशलाई फेरि यहाँ विवाद गर्ने ? अदालतका ती न्यायाधीश अहिले यो पालामा नियुक्ती भएका हुन्रु यो सरकारले अदालतमा बुझायो भनेर रिस उठेको हो रुु

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलतर्फ संकेत गर्दै बिडारीले थपे,‘ कि छोराको नाउँमा जग्गा भाको जस्तो मुद्दै नलगाइदिने गरेको भए हुन्थ्यो ।’

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार विशेष अदालतबाट १० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्। 

कमेन्ट लोड गर्नुस