सुदूर नेपाललाई विश्वसँग जोड्दै

विजय शाहीले आफैले किन फिँजाए मृत्युको हल्ला ?

२०७८ साउन १३, १२:३६ खबर संवाददाता

धनगढीः आफूमा अद्भूत क्षमता भएको दावी गरेर युट्युब तथा सामाजिक संजालमा चर्चामा आएका विजयी शाहीको मृत्युको हल्लाले हिजो सामाजिक सञ्जाल ततायो।

सामाजिक सञ्जालमा मृत्युको हल्ला ब्यापक भएपछि जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी टंकबहादुर शाहीले विजयको घरमै प्रहरी पठाए। प्रहरीले मृत्युको हल्ला झुटो भएको बतायो। विजय कालिकोट महाबु गाउँपालिका वडा नं. ५ स्थित आफ्नो घरमै भेटिए।

प्रहरीले किन हल्ला भयो भनेर भन्दा उनले पछिल्लो समय निकै  तनाव भएका कारण आफूले मरेको हल्ला फिँजाएको  स्विकार गरेको प्रहरीले जनाएकिो छ। सार्वजनिक फोटोमा मृत्यु भएको भ्रम फैलाउन जिउँदो विजयको नाकमा रुइ खोचिएको देखिएको थियो। भने फोटोमा हाँसेको जस्तो देखिन्थ्यो।

कमेन्ट लोड गर्नुस