सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कांग्रेसले थप्यो ७४ हजार बढी क्रियाशिल सदस्य

२०७८ साउन १३, १२:१७ खबर संवाददाता

धनगढी: सुदूरपश्चिममामा नेपाली कांग्रेसले ७४ हजार बढी क्रियाशिल सदस्य थपेको छ। केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनअनुसार सुदूरपश्चिममा ७४ हजार ७ सय ५६ जना क्रियाशिल सदस्य नयाँ बनाइएको उल्लेख छ। 

यस्तै बागमती प्रदेशमा एक लाख ८६ हजार एक सय ४३, प्रदेश नम्बर १ मा एक लाख ७४ हजार सात सय ८२, प्रदेश नम्बर २ मा एक लाख १२ हजार ९ सय ४६, गण्डकी प्रदेशमा एक लाख १८ हजार ६ सय ३३ जना, लुम्बिनी प्रदेशमा एक लाख ३० हजार ८ सय ८५, कर्णाली प्रदेशमा ५४ हजार ५ सय ६६ जना क्रियाशिल सदस्य बनेका छन्।

क्रियाशील सदस्य वडा अधिवेशनका मतदाता हुन्।
 

कमेन्ट लोड गर्नुस