सुदूर नेपाललाई विश्वसँग जोड्दै

के रेशम चौधरीलाई पार्टीबाट निष्काशन गरिएको हो ?

२०७८ साउन १३, १०:३८ खबर संवाददाता

धनगढी: मंगलबार जनता समाजवादी पार्टी नेपाल (जसपा)को कार्यकारिणी समिति बैठकले रेशम चौधरीलाई पार्टीबाट निष्काशन गरेको हल्ला फैलिएको थियो। 

तर कार्यकारिणी सदस्य रामसहाय यादवले रेशम चौधरीलाई पार्टीबाट निकालिएको बारेमा फैलिएको हल्लामा कुनै सत्यता नभएको बताएका छन्। ‘बैठकमा त्यस्तो कुनै निर्णय भएको छैन। यसको बारेमा भ्रम फैलाउने काम भइ रहेको छ। पार्टीलाई बदनाम गराउने काम भइरहेको छ’ उनले भने।

उता प्रचार विभाग प्रमुख समेत रहेका कार्यकारिणी सदस्य डम्बर खतिवडाले भने रेशम चौधरीलगायत १७ जनाले जसपामा छैन भनि निर्वाचन आयोगमा हस्ताक्षर गरेकाले उनीहरु स्वत पार्टीमा नरहने बताएका छन्।  रेशम चौधरीले पार्टीमा बस्न चाहेको हो भने आफ्नो लाइन स्पष्ट पार्नुपर्ने उनको भनाइ छ। 

कमेन्ट लोड गर्नुस