सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुटपिटबाट युवकको हत्या

२०७८ साउन १३, ०९:४२ खबर संवाददाता

धनुषाः एक युवकको कुटपिटबाट हत्या गरिएको छ।  धनुषाको सहिदनगर नगरपालिका वडा नम्बर ३ गोठकुहाका २१ वर्षीय गोविन्द यादवको हत्या भएको हो। 

कुटपिटबाट घाइते भएका उनको मोरङको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

उनी मंगलबार बिहान साढे ६ बजे घर नजिकै ककर्लाको झाडीमा घाइते अवस्थामा भेटिएका थिए। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको थियो। जनकपुरमा उपचार हुन नसकेपछि विराटनगर लगिएको थियो।

घटनामा संलग्न भएको आशंकामा स्थानीय मुर्बल यादवसहित चारजनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय यदुकोहाका प्रहरी निरीक्षक संवित भण्डारीले बताए। घटनाबारे थप अनुसान्धन भइरहेको उनले बताए।
 

कमेन्ट लोड गर्नुस