सुदूर नेपाललाई विश्वसँग जोड्दै

बोन म्यारोबाट ग्रसित कैलालीकी जोशीको आर्थिक अभावका कारण उपचारमा समस्या

२०७८ साउन १३, ०८:११ खबर संवाददाता

भुपेन्द्र महरा-

धनगढीः आर्थिक अभावका कारण कैलालीकी भावना जोशीको उपचारमा समस्या भएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका वडा नबर १० पहलवानपुरकी २० वर्षीया जोशीको आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो।

६ महिनादेखि बोन म्यारो रोगबाट ग्रसित उनको उपचारमा अहिलेसम्म झन्डै ८ लाख खर्च भइसकेको परिवारले जनाएको छ।

उनको थप उपचारका लागि अझै २५ लाख रकम आवश्यक पर्ने उनकी दिदि दिव्या सिंहले बताइन्।

आर्थिक अभावका कारण उपचारमा समस्या आउँदा सहयोगका लागि परिवारले अपिल समेत गरेका छन्।
सहयोग गर्ने इच्छुकले ९८४८५७८४३३ मा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ।

साथै एनआइसी एसिया बैकं ६५४७८४३३८५२४००१ नम्बरको खातामा आर्थिक सहयोग जम्मा गर्न सकिने छ।

भावनाको ब्लड हस्पिटल काठमाडौँमा उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस