सुदूर नेपाललाई विश्वसँग जोड्दै

विजय शाही आफैले फिँजाए मृत्युको हल्ला !

२०७८ साउन १३, ०७:१५ खबर संवाददाता

धनगढी : आफूलाई मेमोरी किङ बताउँदै आएका विजयी शाही आफैले मृत्युको झुटो खबर फैलाएको पाइएको छ।

शाहीले सामाजिक सञ्जालमा आफ्नो मृत्युको हल्ला फैलाउन लगाएको पाइएको हो।

मृत्युको हल्ला भएपछि प्रहरीले खोजी गर्दा शाही कालिकोटस्थित महाबु गाउँपालिका वडा नं. ५ मा रहेको घरमा नै भेटिएका थिए। प्रहरी शाहीको घरमा पुग्दा उनी टेलिभिजन हेरेर बसिरहेका थिए।

उनले पछिल्लो समय निकै तनाव भएका कारण आफूले मरेको हल्ला फिँजाएको स्विकार गरेका छन्।

कमेन्ट लोड गर्नुस