सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आजदेखि कोरोना खोप लगाइँदै, कुन वडाका बासिन्दाले कहाँ लगाउने ?

२०७८ साउन १३, ०६:५३ खबर संवाददाता

धनगढी : धनगढीमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ। आजदेखि १६ गतेसम्म उपमहानगरपालिकामा भेरोसेलको पहिलो मात्रा दिइन लागेको हो।

उमहानगरपालिकाले सूचना जारी गर्दै ५५ वर्षमाथिका नागरिक, शिक्षक–कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालक, अति अत्यावश्यक सेवाका कर्मचारी र खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई खोप लगाइने जानकारी दिएको छ। 

उक्त खोप अभियान सञ्चालन गर्न उपमहानगरले १९ वटा खोप केन्द्र तोेकेको छ। खोप प्राप्त गर्न ५५ वर्ष उमेर समूहकाले आफ्नो उमेर खुल्ने आधिकारी प्रमाणपत्र, विश्वविद्यालय र विद्यालयको हकमा परिचयपत्र, चालक तथा सहचालकको हकमा सवारी साधन नम्बरसहितको तथ्यगत विवरण प्रमाणीत गरेको यातायात व्यवसायी संघको आधिकारीक प्रमाणपत्र लगेर जानुपर्ने छ। 

यस्तै खोप अनिवार्य गरेको देश जान लागेकाहरुले पासपोर्ट र भिसा देखाएर खोपको मात्रा प्राप्त गर्न सक्नेछन्। सुदूरपश्चिमका अन्य क्षेत्रमा पनि आजदेखि खोप लगाइनेछ।  उता कोभिड १९ रोकथाम र नियन्त्रणका लागि कञ्चनपुरमा खोप अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिने भएको छ। 

जिल्ला कोभिड–१९ खोप समन्वय तथा अनुगमन समितिको बैठकले आजदेखि १९ गतेसम्म खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। पहिलो चरणमा भेरोसेल खोप साउन १३ गते देखि १६ सम्म र त्यसपछि ‘जोन्सन एण्ड जोन्सन’ खोप १७ देखि १९ गतेसम्म लगाइनेछ। 

कुन वडाका बासिन्दाले कहाँ लगाउने ?

कमेन्ट लोड गर्नुस