सुदूर नेपाललाई विश्वसँग जोड्दै

इस्तानबुलबाट ७०९ अवैध आप्रवासीलाई पक्राउ

२०७८ साउन १३, ०६:४६ रासस

टर्कीको प्रहरीले टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट ७०९ अवैध आप्रवासीलाई पक्राउ गरेको यहाँको अनादोलु न्यूज एजेन्सीले मंगलबार सम्प्रषित समाचारमा उल्लेख छ। 

इस्तानबुल प्रहरी बलले जुलाई १५ देखि २५सम्म इस्तानबुल र वरपरका ११ जिल्लाहरूमा अनियमित प्रवासीलाई खोज्ने अभियान चलाएको र यस क्रममा ७०९ जना आप्रबासीलाई अबैधरूपमा लुकेर बसीरहेको अवस्थामा पक्राउ गरेको बताएको छ। 
टर्कीले हालै अफगानिस्तानबाट आएका शरणार्थीहरूको सङ्ख्या आफ्नो मातृभूमिमा बढेको र यसका कारण हिंसा र अशान्ति बढिरहेको महशुस गरेको बताएको छ।
 

कमेन्ट लोड गर्नुस